बारा, ६ माघ । पर्सामा प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जन रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार राति वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।