Sunday, July 19, 2026

शान्ति सुरक्षा कायम नगरे कार्यालय बन्द गरेर आन्दोलनमा जाने प्रजिअलाई पचरौता नगरपालिकाको चेतावनी

कलैया ०७, माघ। शान्ति सुरक्षा व्यवस्थाको ग्यारेन्टी नगरे वडा कार्यालय, विद्यालय स्वास्थ्य चौकी तथा नगरपालिकाको कार्यलय बन्द गरेर चरणबद्ध आन्दोलनमा जाने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई पचरौता नगरपालिकाले चेतावनी दिएको छ।

नगरपालिकाको वडा नं ७ बेनौलीमा सडक ढलान तथा नाला निर्माण कार्यको लागि जग्गा/जमिन छुट्याई उक्त सडक तथा सार्वजनिक जग्गामा घर टहरा हटाउन पटकपटक सुचना निकाल्दा पनि केही व्यक्तिहरूले अटेरी गरेको र घर टहरा नहटाएपछि निर्माण कार्य ठप्प भएको छ।

बारा जिल्ला अदालतबाट मुद्दा नम्बर ०८१-wo-००६६ र ०८१-wo-००६५ दायर गर्दा पनि अदालतबाट अन्तरिम आदेश जारी नभएको र निर्माण कार्यको लागि घर टहरा हटाउन प्रजिअ अधिकारीलाई लिखित तथा मौखिक रुपमा पटकपटक सुरक्षा माग गर्दा मौखिक रुपमा सुरक्षा दिन अस्वीकार गरि विकास निर्माणको कार्यमा असहयोग गरेको नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले पत्रकार सम्मेलनमा आरोप लगाए।

यस्तै स्थानीय सरकार संचालन ऐन २०७४ तथा नेपालको संविधान २०७२ को अनुसुचि-८ मा भएको व्यवस्था विपरीत आफ्नो क्षेत्राधिकार बाहिर गई र नगरपालिकाको अधिकार क्षेत्रमा प्रवेश गरी विकास निर्माणको कार्यमा अवरोध पारेको र यस्ता गतिविधिलाई तत्काल सच्याउन एवम् निर्माणको कार्यको लागि शान्ति सुरक्षा व्यवस्था गर्न विज्ञप्ति मार्फत उनले अनुरोध गरे।

नगरपालिकाको अधिकार क्षेत्र भित्र कानुन विपरितको अनावश्यक प्रवेश अस्विकार हुने र आईतबार अपरान्ह ५ बजेसम्म शान्ति सुरक्षा व्यवस्थाको ग्यारेन्टी नदिए सोमबारदेखि कार्यलयहरू बन्द गरी चरणबद्ध आन्दोलनमा जाने र त्यसबाट उत्पन्न घटना र परिस्थितिको जिम्मेवार स्वयं जिल्ला अधिकारी नै हुने यादवले चेतावनी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर