Tuesday, July 21, 2026

बारामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु 

कलैया, १३ माघ । छुट्टा छुट्टै सडक दुर्घटनामा परी बारामा आइतबार
दुई जनाको ज्यान गएको छ।

बाराको आदर्शकोतवाल गा.पा.६ लौकाहा स्थित रुपौलियाबाट लौकाहा तर्फ जादै गरेको बिआर ३० एजे ३५२७ नं. को मोटरसाईकल लाई बिपरित दिशाबाट आउदै गरेको तत्काल नम्बर नखुलेको पिकअपले ठक्कर दिएको हो।

सो दुर्घटनामा परी मोटर साइकल चालक भारत राज्य बिहार बैरगनिया बस्ने २५ वर्षीय आदित्य कुमार पाठकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन्।

पाठकलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारा ल्याइएकोमा उपचारको क्रममा निजको मृत्यू भएको हो ।

मोटरसाइकल पछाडी सवार जिल्ला रौतहट गौर न.पा.१ बस्ने अं.बर्ष २२ को राजन दासको टाउको हात र पेटमा चोट लागि गण्डक अस्पताल बिरगंजमा उपचार भईरहेको छ। ठक्कर दिने पिकअप र पिकअप चालक फरार रहेकोमा प्रहरीले खोजतलास गर्दै जाँदा मधेश प्रदेश ०३–००१ च ६७८८ नम्बरको सेतो कलरको पिकअपले ठक्कर दिएको पत्ता लगाएको छर्।

उक्त पिकअपलाई प्रहरीले नियन्त्रणमा लिई पिकअप चालक जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा. ०१ बस्ने २२ वर्षीय दिलिप माझीलाई प्रहरीले खोजतलास गरिरहेको छ।

यस्तै कलैया उ.म.न.पा. ४ नेपाल बैंक अगाडी कलैया बाट बरियारपुर तर्फ जादै गरेको ना ४ ख ४१८६ नं. को तेल ट्याङकरले सोही दिशा तर्फ जादै गरेको ना ४७ प ५९९७ न.को मो.सा.लाई ठक्कर दिएको छ।

उक्त मोटरसाइकल पछाडी सवार जिल्ला रौतहट वृद्धावन न.पा. ३ विश्रामपुर बस्ने ४० वर्षीय बबिता ठाकुर घाइते भएकी छन्।

उनको परवानीपुर स्थित न्यूरो अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ।

सोही मोटरसाइकल पछाडी सवार निजको छोरी मोनि ठाकुर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ। तेल ट्याङकरलाई प्रहरीको नियन्त्रणमा लिइ चालकलाई खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर