


कलैया,१४ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा आजदेखी प्रथम रामनगर सोनाम ल्होसार महोत्सव सुरु भएको छ।
“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले विधिवत रुपमा उद्घाटन गरेपछि महोत्सव शुरु भएको हो ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर पौडेलले धर्म, सांस्कृति र परम्पराले देशकै पहिचना र गौरब बढाउने हुनाले यसलाई जर्गेना गर्न यस्ता मेला, महोत्सवको आयोजना गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर लामा, निवर्तमान वडाअध्यक्ष नवराजबहादुर खड्का, स्थानीय समाजसेवी श्रीकाजी मोक्तान,नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराका अध्यक्ष सुर्य घलान, कोल्हवी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष अनुप सुवेदी, निवर्तमान वडाअध्यक्ष सार्थक पौडेल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समरोहमा स्थानीय विद्यालयहरुले विभिन्न कला, नृत्य र साँकी प्रर्दशन गरका थिए भने तामाङ्ग जातिको सांकृतिक र परम्परा झल्किेन साँकीहरु पनि प्रर्दशन गरिएको थियो ।
महोत्सवमा व्यापारिक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा,बाल उद्यानहरु समेत राखिएको महोेत्सवका संयोजक साजन दोङ्गले जानकारी दिनुभयो ।
माघ २० गतेसम्म संचालन हुने महोत्वसमा आज हरु गायक.लोकेन लामा,रेस्मा बोम्जन,साम्तेन मोक्तानको बिजोड प्रस्तुति रहने गरिरहेका छन ।
२८६१ औ ल्होसार पर्वको अवसरमा आयोजित उक्त महोत्सव स्थानीय नेपाल तामाङ् धेदुङ वडा कार्यसमिति,सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्सवको संयुक्त आयोजनामा भईरहेको छ।
महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छ। भने संरक्षकमा जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेको छ।