28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

लागु औषध गाँजासहित दुई मोटरसाइकल प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२१ माघ । बारा प्रहरीले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

विशेष सूचनाको आधारमा आइतबार इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

जिल्लाको सुबर्ण गाउँपालिका – ३ बकतौरा स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाईकल चालकले प्रहरीलाई देखी मोटरसाईकल छाडी फरार भएकोले मोटरसाईकलमा लोड रहेको लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उक्त लागू औषधसहित मोटरसाईकललाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर