Monday, July 20, 2026

बारामा लागू औषध गाँजा सहित ३ जना पक्राउ

बारा, २३ माघ। बारा प्रहरीले लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रसौनी गाँउपालिका-२ प्रसौनी बस्ने बर्ष ५५ कि रम्भा देवी मुखिया, सोहि स्थान बस्ने बर्ष ३८ को जोगिन्द्र मुखिया र पर्साको बिन्दाबाशिनि गाँउपालिका-२ गर्दैल बस्ने बर्ष ६० कि ममता देवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाँउपालिका-२ स्थित बजार टौल बाट भलुही तर्फ पैदल जादै गरेको ब्यक्तिलाई खानतलासी गर्दा ३ जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ वटा पोकामा ९ किलो २ सय ग्राम लागू औषध गाँजा बरामद भएको प्रब्क्ता सापकोटाले जानकारी दिएका छन।

प्रहरीले रम्भा देवीको साथबाट ३ किलो १४१ ग्राम, जोगिन्द्रको साथबाट २ किलो ६ सय ४३ ग्राम, र ममता देवीको साथ बाट २ किलो ६५९ ग्राम र झोलाबाट ७ सय ९८ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिनै जना ब्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर