बारा,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
बिहीबार न्यायाशीध दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लामिछानेविरुद्ध साहारा सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालय चितवनले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।