27.5 C
Kalaiya

Wednesday, August 27, 2025
spot_img
27.5 C
Kalaiya
Wednesday, August 27, 2025

विपिन जोशी रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता

spot_img
spot_img
spot_img

बारा,२५ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको लागी पहल गरिदिन इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । डा. राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

Advertisement

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार कुराकानीमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको छ ।

Advertisement

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर