Thursday, November 5, 2026

पर्सामा १९ किलो ७ सय ग्राम गाँजासहित ७० वर्षीय महतो पक्राउ

Advertisement
Advertisement

वीरगन्ज, २५ भदौं। पर्सामा प्रहरीले १९ किलो ७ सय ग्राम लागूऔषध गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पटेर्वासुगौली गाउँपालिका–८ भथौरीस्थित ७० वर्षीय दृष्टि महतोको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित १९ किलो ७ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित महतोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको पुष्टि गर्दै बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर