Wednesday, November 4, 2026

अक्षराम्भ कपमा मनकामना, विद्या सदन र सनलाइटको शानदार जित, विद्या सदन क्वार्टरफाइनलमा

Advertisement
Advertisement

वीरगञ्ज, १८ कात्तिक। विद्यालयस्तरमा क्रिकेट प्रतिभाको पहिचान गर्ने उद्देश्यले सञ्चालित अक्षराम्भ कप २०८३ अन्तर्गत आज सम्पन्न तीन खेलमा मनकामना माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र सनलाइट माध्यमिक विद्यालय विजयी भएका छन्। उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनका बीच विद्या सदनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले माउन्ट मकालुलाई ५० रनले पराजित गर्‍यो। मनकामनाका इम्ताज हवारीले ६१ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरे। उत्कृष्ट प्रदर्शनका लागि उनी म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा विद्या सदन माध्यमिक विद्यालयले डीपीएसलाई ८६ रनको फराकिलो अन्तरले हरायो। विद्या सदनका जाहिद अन्सारीले ५८ रन बनाउनुका साथै ५ विकेटसमेत लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका अन्सारी म्यान अफ द म्याच घोषित भए। यस जितसँगै विद्या सदन क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्यस्तै, तेस्रो खेलमा सनलाइट माध्यमिक विद्यालयले लिटिल फ्लावरलाई १० विकेटले पराजित गर्‍यो। सनलाइटका फरान हवारीले ४ विकेट लिँदै ह्याट्रिकसमेत पूरा गरे। उत्कृष्ट बलिङ प्रदर्शनका लागि उनी म्यान अफ द म्याच घोषित भए।

आजका खेलमा इम्ताजको प्रतियोगिताकै पहिलो अर्धशतक, जाहिदको ५८ रनसहित ५ विकेट र फरानको ह्याट्रिक मुख्य आकर्षण बने। प्रतियोगितामा विद्या सदनले एकै इनिङमा १५० रन बनाउँदै सर्वाधिक रनको कीर्तिमानसमेत कायम गरेको छ।

सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र न्यू वेभ माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत भोलि कार्तिक १९ गते तीन खेल हुनेछन्।

भोलि म्याच नम्बर ११ मा मिनी ल्यान्ड सेकेन्डरी स्कुल र पीस जोन सेकेन्डरी स्कुल, म्याच नम्बर १२ मा कादम्बरी एकेडेमी र जीएसपी सेकेन्डरी स्कुल तथा म्याच नम्बर १३ मा ज्ञानोदय सेकेन्डरी स्कुल र ओम नेशनल सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

विद्यालयस्तरका क्रिकेट प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजित अक्षराम्भ कपमा आगामी खेलसँगै क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर