Wednesday, November 4, 2026

रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते

Advertisement
Advertisement

बारा, १८ कात्तिक । रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै गएराति गोली प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राकेश यादव रहेका छन्। गएराति सवा ९ बजेको समयमा उनीमाथि पेस्तोलबाट गोली प्रहार भएको थियो।

गोलीका छर्रा लागेर यादवको दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेका छन्।

घटनालगत्तै घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। हाल उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला पारेको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर