Tuesday, November 3, 2026

सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते

Advertisement
Advertisement

बारा, १७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई वटा हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान करिब ०८:११ बजेको समयमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टरहरू अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनास्थलमा आगलागी भने भएको छैन।

दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई थप उपचारका लागि प्रभु हेलिकप्टरमार्फत लुक्ला पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर