Tuesday, November 3, 2026

नेपाली कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

Advertisement
Advertisement

बारा, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका हालैका कामकारबाही तथा संसद्‌को मर्यादाबारे छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ। 

उक्त बैठकमा मुख्य गरी सरकारका पछिल्ला निर्णय तथा कामकारबाही, प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, संविधानको पालना र संवैधानिक मर्ममाथि पुगेको आघातका विषयमा व्यापक छलफल हुने जनाइएको छ।

यसअघि आइतबार नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति कडा आपत्ति जनाएका थिए।

उनले राम्रा कामको जस पार्टी एक्लैले लिने तर सरकारका कमजोरी तथा नराम्रा कामको जिम्मेवारी भने पन्छाउने प्रवृत्ति सत्तारूढ दलहरूमा देखिएको भन्दै सो व्यवहार गैरजिम्मेवार रहेको टिप्पणी गरेका थिए।

सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य-मान्यताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले संसद् र सडकमा आफ्नो भूमिकालाई अझ सशक्त एवं प्रभावकारी बनाउने रणनीतिअनुसार विपक्षी दलहरूसँग समान धारणा बनाउन छलफल आयोजना गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर