Sunday, November 1, 2026

जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दै

Advertisement
Advertisement

बारा, १५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनअन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन्।

खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुर बोल्ट्सलाई पहिला ब्याटिङको निम्तो दिँदै फिल्डिङ गर्ने निर्णय गरेका छन्। 

पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स प्रतियोगितामा आफ्नो लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। दुई खेल खेलिसकेको जनकपुरले समान एक जित र एक हारको सामना गरेको छ।

अर्कोतर्फ, पोखरा एभेन्जर्स भने प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको पराजय व्यहोरेको पोखरा हालसम्म अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर