Saturday, October 31, 2026

जनताको जीवनभन्दा ठूलो उद्घाटन र पद हुन सक्दैन : पूर्वप्रदेशसभा सदस्य पारस साह

Advertisement
Advertisement

बारा, १४ कात्तिक। बाराको फेटा गाउँपालिकामा उद्घाटन कार्यक्रमका क्रममा नागरिकमाथि गोली चलेको घटनाप्रति बारा क्षेत्र नम्बर ३ (ख) का पूर्वप्रदेशसभा सदस्य पारस साहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले जनताको जीवनभन्दा ठूलो कुनै उद्घाटन, पद र प्रतिष्ठा हुन नसक्ने भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साहले गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल उचित उपचार, आवश्यक स्वास्थ्य सुविधा तथा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

उनले पीडित परिवारसँग प्रत्यक्ष संवाद गरी उनीहरूको पीडा र माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्थानीय नागरिक तथा सरोकारवालासँग वार्ता गरेर उत्पन्न परिस्थितिलाई शान्तिपूर्ण र हिंसामुक्त बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै साहले जनतामाथि शक्ति प्रदर्शन गर्नुको सट्टा सुशासन, सुरक्षा र न्याय सुनिश्चित गर्नुपर्ने बताएका छन्।

‘जनता शासकका लागि होइनन्, शासक जनता र जनताको सेवाका लागि हुन्,’ उनले आफ्नो स्टाटसमा लेखेका छन्। जनताको जीवन, सम्मान र अधिकारसँग कुनै सम्झौता हुन नसक्ने भन्दै उनले राज्यले डर र त्रास होइन, नागरिकलाई सुरक्षा र न्यायको अनुभूति दिलाउनुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर