Friday, October 30, 2026

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका पत्रकार रिहा

Advertisement
Advertisement

काठमाडौं, १३ कात्तिक। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशनपछि सञ्चारगृहबाट पक्राउ परेका पत्रकारहरू रिहा भएका छन्। प्रधानमन्त्रीले पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचारकक्षमा प्रवेश गरेर थप धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीका प्रेसविज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ परेको घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन्। साथै, सञ्चारगृहमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न पनि स्पष्ट निर्देशन दिइएको उनले बताइन्।

दाहालले पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेकी छन्। उक्त घटनाबारे प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उनले बताइन्।

प्रधानमन्त्रीको निर्देशनपछि नियन्त्रणमा लिइएका पत्रकारहरू रिहा भएका हुन्। सञ्चारगृहबाट पत्रकार पक्राउ परेको घटनाप्रति सञ्चार क्षेत्रबाट चासो व्यक्त भइरहेका बेला प्रधानमन्त्रीको निर्देशनपछि उनीहरू रिहा भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर