बारा, १२ कात्तिक । मिथिलाञ्चल हर्बल प्रा.लि. ले विभिन्न पदका लागि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गर्दै कुल ८५ वटा रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ।
पछिल्लो समय स्वदेशमै रोजगारीको खोजीमा रहेका तथा करिअर बनाउन चाहने योग्य युवाहरूका लागि कम्पनीले महत्वपूर्ण अवसर ल्याएको हो।
विशेष गरी मधेश प्रदेशका योग्य नागरिकहरूलाई लक्षित गर्दै सार्वजनिक गरिएको सूचनाले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। कम्पनीद्वारा जारी गरिएको विवरणअनुसार कुल ८५ रिक्त पदहरूमा विभिन्न शैक्षिक योग्यता भएका उम्मेदवारहरूका लागि छुट्टाछुट्टै श्रेणीहरू निर्धारण गरिएका छन्। यस अन्तर्गत डि.एच.ओ. पदमा ८ वटा रिक्त पद रहेका छन् भने यसका लागि कम्तीमा स्नातक उत्तीर्ण गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै, एन.एच.ओ. पदका लागि कम्तीमा कक्षा १२ (उत्तीर्ण गरेका उम्मेदवारहरू योग्य मानिनेछन्।
योग्य उम्मेदवारहरूलाई आकर्षक तलबमानको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार छनोट हुने उम्मेदवारहरूको सुरुवाती तलब मासिक २० हजार देखि ३० हजार सम्म हुनेछ। उम्मेदवारहरूको उपयुक्तता र क्षमता जाँच गर्नका लागि कम्पनीले तीन चरणको परीक्षा प्रक्रिया सञ्चालन गर्नेछ, जसबाट उत्कृष्ट जनशक्ति छनोट गरिनेछ।
यस ८५ वटा पदको रोजगारीका लागि आवेदन दिन चाहने इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी जनवरी २०, २०२७ भित्र आवेदन गरिसक्नु पर्नेछ। विज्ञापनमा आवेदन दिनका लागि उम्मेदवारहरूले कम्पनीको आधिकारिक वेबसाइट https://mithilanchalherbal.com मा जानुपर्नेछ।





