Thursday, October 29, 2026

बाराका प्रमुख कोष नियन्त्रक गिरिको सरुवा, मकवानपुरका रेग्मी आउने

Advertisement
Advertisement

बारा,१२ कात्तिक । कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरिको सरुवा भएको छ। उनको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, काठमाडौंमा सरुवा भएको हो।

गिरिको स्थानमा कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख कोष नियन्त्रक दिनेश रेग्मी आउने भएका छन्।

महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

कार्यालयले २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार उपसचिवस्तरका कर्मचारीहरूको सरुवा, पदस्थापन, काज व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको हो। सोही निर्णयअनुसार गिरिको सरुवा र रेग्मीको पदस्थापन भएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर