Tuesday, October 27, 2026

बारामा अवैध पटकासहित दुई जना पक्राउ

Advertisement
Advertisement

बारा,१० कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित चेकपोइन्टबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको छ। पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलवार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उक्त पटका बरामद गरेको हो।

सिम्रौनगढबाट काठमाडौंका लागि माछा लोड गरी जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअपलाई पथलैया चेकपोइन्टमा रोकेर जाँच गर्ने क्रममा माछाको लोडभित्र लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेको प्रहरीले जनाएको छ।

पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बरामद गरिएका पटका विभिन्न सात प्रकारका रहेका छन्। जसमा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।

बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद पटका र नियन्त्रणमा लिइएका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर