Monday, October 26, 2026

लगातार तेस्रो वर्ष एनपीएलको उद्घाटन खेल खेल्दै आशिफ शेख, यस्तो उपलब्धि हासिल गर्ने एक्ला खेलाडी

Advertisement
Advertisement

बारा, ०९ कात्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा ब्याटर आशिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तीनवटै संस्करणको उद्घाटन खेल खेल्ने एक्ला खेलाडी बनेका छन्। पहिलो र दोस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेलेका आशिफ तेस्रो संस्करणमा भने लुम्बिनी लायन्सबाट मैदान उत्रिँदै छन्।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेलेका आशिफले टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। पहिलो संस्करणको फाइनलमा उनले १९ बलमा ३३ रन बनाएका थिए।

दोस्रो संस्करणमा पनि जनकपुर बोल्ट्सबाटै उद्घाटन खेल खेलेका आशिफले काठमाडौं गोर्खाजविरुद्ध ४१ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। लगातार दुई संस्करण जनकपुरबाट खेलेका उनी यसपटक नयाँ टोली लुम्बिनी लायन्समा आबद्ध भएका छन्।

एनपीएलको तीनवटै संस्करणको उद्घाटन खेलमा सहभागिता जनाउने एक्ला खेलाडीका रूपमा आशिफको निरन्तरता विशेष बनेको छ। टोली परिवर्तन भए पनि उद्घाटन खेलमा उनको उपस्थिति कायम रहनुले प्रतियोगितासँग उनको अनौठो संयोग जोडिएको छ।

यसपटक लुम्बिनी लायन्सबाट खेल्दै आशिफले कस्तो प्रदर्शन गर्छन् भन्ने चासो क्रिकेटप्रेमीमा छ। उद्घाटन खेलमा उनको ब्याटिङ र विकेटकिपिङ दुवै टोलीका लागि महत्त्वपूर्ण बन्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर