बारा, ०९ कात्तिक। नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको सफलताको कामना गर्दै नेपाली क्रिकेट खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्नुभएको छ। उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई हार्दिक स्वागत गर्नुभएको छ।
उहाँले नेपाली खेलाडी, आयोजक र क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै नेपाली क्रिकेटको दीर्घकालीन विकास र प्रगतिप्रति सद्भाव व्यक्त गर्नुभएको छ।





