Sunday, October 25, 2026

जितपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

Advertisement
Advertisement

बारा ०८ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित मदरसा टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गए राति करिब ८ः२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका देवानको साथबाट प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको छ। बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर