Friday, October 23, 2026

व्यक्तिगत भ्रमणमा भारत जाँदैछु, राजनीतिसँग नजोड्न रवि लामिछानेको आग्रह

Advertisement
Advertisement

बारा, ०६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतया व्यक्तिगत र धार्मिक तीर्थाटन भएकाले यसलाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन्।

काठमाडौँबाट हवाईजहाजमार्फत धनगढी विमानस्थल आइपुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफू कारागारमा छँदा नै उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध कैँची धाम जाने भाकल गरेकाले सोही पूरा गर्न भारत जान लागेको स्पष्ट पारे।

उनले आफ्नो र परिवारको धार्मिक आस्था तथा आध्यात्मिक विश्वास रहेकाले पहिल्यैदेखि जाने योजना बनेको र व्यक्तिगत भ्रमणमा कसैलाई राजनीतिक खिचडी नपकाउन अनुरोध गरे। 

पत्नी निकिता पौडेलसहित धनगढी पुगेका लामिछानेका साथमा भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि विमानस्थलमा उपस्थित थिए।

धनगढी ओर्लेपछि उनीहरू सडकमार्गमार्फत कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा नैनीतालको कैँची धामका साथै आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा समेत पुगेर परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर