Thursday, October 22, 2026

क्यासिनोमा जुवा खेल्दै गरेका बाराका ३ जनासहित ५ नेपाली पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज, ०४ कार्तिक। पर्सा प्रहरीले वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ५ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले क्यासिनोमा छापामारी गरी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५० वर्षीय रामचन्द्र साह, बाराकै प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद र रौतहटको बौधिमाई नगरपालिका–९ का सुमेश्वर जैसवाल रहेका छन्।

प्रहरीले छापामारीका क्रममा क्यासिनोमा कार्यरत एक जना कर्मचारीलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्ने कर्मचारी बाराको परवानीपुर गाउँपालिकाका सुनिल पटेल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। छापामारीका क्रममा नगद, क्यासिनोमा प्रयोग हुने क्वाइन, मोबाइल फोनलगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर