Tuesday, October 20, 2026

एनपीएलको तेस्रो सिजनमा पहिलोपटक डीआरएस प्रणाली लागू हुने

Advertisement
Advertisement

बारा, ०३ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि भित्र्याइएको घोषणा गरिएको छ।

एनपीएलको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत दिइएको जानकारी अनुसार सिद्धार्थ बैंकको प्रस्तुतिमा नेपाल प्रिमियर लिगमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली भित्र्याइएको छ, जसले नेपाली क्रिकेटको इतिहासमा एउटा नयाँ र महत्त्वपूर्ण उपलब्धि थपेको छ।

यस अत्याधुनिक प्रविधिको प्रयोगले खेलका दौरान हुने अम्पायरिङ निर्णयहरूलाई अझ निष्पक्ष, पारदर्शी र आधुनिक बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। दशैँको शुभकामना सन्देशसहित सार्वजनिक गरिएको यस घोषणाहरूले नेपाली क्रिकेट समर्थकहरूमा उत्साह थपेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर