Tuesday, October 20, 2026

वीरगञ्जमा चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित महिला पक्राउ

Advertisement
Advertisement

बारा, ०३ कात्तिक । वीरगञ्जबाट चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो।

पक्राउ परेकी महिलाको साथबाट प्रहरीले एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको छ।

बरामद गरिएका गहनासहित महिलालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर