Thursday, October 22, 2026

बारामा ४ लाख ७६ हजारभन्दा बढी मतदाता, ३०५ मतदान स्थल कायम

Advertisement
Advertisement

बारा, ०४ कार्तिक। बारामा ४ लाख ७६ हजार ३१९ जना मतदाता रहेका छन्। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक कार्यक्रम, २०८३ अन्तर्गत सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा २ लाख ६१ हजार ५१३ पुरुष, २ लाख १४ हजार ७९६ महिला र १२ अन्य मतदाता रहेका छन्।

बारामा चारवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्रअनुसार सबैभन्दा बढी मतदाता क्षेत्र नं. १ मा रहेका छन् भने सबैभन्दा कम मतदाता क्षेत्र नं. ४ मा रहेका छन्। जिल्लामा कुल ३०५ वटा मतदान स्थल कायम गरिएको छ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ मा ६९ हजार ६ जना र ‘ख’ मा ५७ हजार ७२४ जना मतदाता रहेका छन्। यस क्षेत्रमा कुल ८६ वटा मतदान स्थल रहेका छन्। त्यस्तै, निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा ५८ हजार १८७ जना र ‘ख’ मा ५८ हजार ७९० जना मतदाता रहेका छन्। यस क्षेत्रमा ८२ वटा मतदान स्थल कायम गरिएको छ।

यसैगरी, निर्वाचन क्षेत्र नं. ३ को ‘क’ मा ५८ हजार ३५९ जना र ‘ख’ मा ५७ हजार ४२५ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ७५ वटा मतदान स्थल रहेका छन्। निर्वाचन क्षेत्र नं. ४ को ‘क’ मा ५६ हजार २३० जना र ‘ख’ मा ६० हजार ५९८ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ६१ वटा मतदान स्थल कायम गरिएको छ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका र मतदाता नामावलीमा नाम समावेश भएका कुल ३७ लाख ७ हजार ८० जना मतदाता रहेका छन्। तीमध्ये १६ लाख ९६ हजार २६३ महिला, २० लाख १० हजार ७४० पुरुष र ७७ अन्य मतदाता छन्। प्रदेशभर कुल २ हजार १६० मतदान स्थल रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर