Saturday, October 24, 2026

कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Advertisement
Advertisement

बारा, ०७ कात्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पोष्ट-मनसुन विशेष मौसम बुलेटिन-१ जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भई क्रमशः बलियो हुँदै कात्तिक ९ (अक्टोबर २६) गते सोमबार चक्रवात आँधीमा परिणत हुने र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

उक्त मौसम प्रणालीको असरका कारण आगामी कात्तिक ११ गते (अक्टोबर २८, बुधबार) देखि कात्तिक १५ गते (नोभेम्बर ०१, आइतबार) सम्म नेपालको मौसममा प्रभाव पर्ने देखिएको छ।

नेपालमा हुने वर्षाको निश्चित मात्रा र जोखिमको स्तरबारे अहिल्यै यकिन गर्न नसकिए तापनि विशेष गरी बाली भित्र्याउने समयमा कृषि तथा पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई पूर्वसतर्कता अपनाउन र महाशाखाबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर