Tuesday, October 27, 2026

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने अशोक बर्णवाल पक्राउ

Advertisement
Advertisement

बारा,१० कात्तिक । सुरक्षाकर्मीको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने र विभिन्न व्यक्तिसँग रकम असुली गर्ने आरोपमा पर्सामा एक जना बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार बर्णवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरिएको हो।

बर्णवालले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली गरी चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिएर रकम असुल्ने गरेको आरोप छ। रकम नदिने व्यक्तिको सामान पक्राउ गराइदिने भन्दै धम्की दिने तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सेवामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको विषयमा समेत उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाले जानकारी दिएका

उनका अनुसार पक्राउ परेका बर्णवालमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर