Thursday, October 29, 2026

काठमाडौंमा बस्ने बाराका नागरिकले नागरिकताको प्रतिलिपि कहाँबाट लिने? यस्तो छ नयाँ व्यवस्था

Advertisement
Advertisement

काठमाडौं, १२ कात्तिक । अब आफ्नो नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएकै जिल्ला पुग्नुपर्ने बाध्यता हटेको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार काठमाडौँ उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा सहज बनाउन प्रदेशअनुसार जिल्ला प्रशासन कार्यालय तोकिएको छ। सो व्यवस्थाअनुसार मधेश प्रदेशका नागरिकले जिल्ला प्रशासन कार्यालय भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। यसमा बारालगायत मधेश प्रदेशका आठवटै जिल्लाका नागरिक समेटिन्छन्।

आगलागी, पानीले भिजेर नष्ट भएको, च्यातिएको वा हराएको नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा लिन सक्नेछन्। प्रतिलिपि जारी गर्नुअघि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरण रुजु गरिनेछ। अभिलेखमा विवरण हुबहु मिलेपछि मात्र प्रतिलिपि जारी हुनेछ।

तर, अभिलेख नभेटिएको, नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अथवा नागरिकता शङ्कास्पद देखिएको अवस्थामा भने साविकमा नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै सम्पर्क गर्नुपर्नेछ।

यस व्यवस्थाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने बारालगायत मधेश प्रदेशका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। बाराबाट नागरिकता लिएका र हाल काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका नागरिकले प्रतिलिपिका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सम्पर्क गर्न सक्नेछन्

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर