Thursday, October 29, 2026

बारा प्रशासनको चेतावनी : छठअघि सिर्सिया नदीमा प्रदूषण गरे कारबाही हुने

Advertisement
Advertisement

बारा, १२ कात्तिक। दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषण नियन्त्रण गर्न उद्योग तथा औद्योगिक प्रतिष्ठानहरूलाई आग्रह गरेको छ। प्रशासनले नदीमा प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन विसर्जन वा प्रवाह नगर्न सार्वजनिक सूचना जारी गरेको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ३, ५, ७, ८, ९, १०, २३ र २४ को दक्षिणतर्फबाट बग्ने सिर्सिया नदीमा छठ पर्वका अवसरमा घाट निर्माण गर्ने, स्नान गर्ने तथा पूजापाठ गर्ने परम्परा रहेको छ। श्रद्धालु भक्तजनले धार्मिक आस्था र विश्वासका साथ पूजा गर्ने नदीलाई स्वच्छ र पवित्र राख्नु सबैको साझा दायित्व भएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी आसपास सञ्चालनमा रहेका सम्पूर्ण उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई उद्योगबाट निस्कने प्रदूषणजन्य फोहोरमैला र विषाक्त रसायन नदीमा मिसाउन नदिन निर्देशन दिएको छ। साथै नदी आसपासको क्षेत्रमा सरसफाइ कायम राख्न, फोहोरमैला तथा ढलको उचित व्यवस्थापन गर्न र प्रदूषण नियन्त्रणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा निर्देशनविपरीत नदी प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। छठ पर्वको समयमा नदीमा स्नान तथा पूजापाठ गर्न आउने श्रद्धालु भक्तजनको धार्मिक आस्थालाई ध्यानमा राख्दै सिर्सिया नदी स्वच्छ राख्न प्रशासनले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर