बारा, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ।
पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा देशको पछिल्लो समसामयिक राजनीतिक अवस्था तथा विविध विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बिहान ११ बजे सुरु हुने तय भएको छ।
बैठकमा पार्टीको आन्तरिक रणनीति, संगठन सुदृढीकरण तथा समसामयिक घटनाक्रमका सम्बन्धमा गहन विमर्श गरिने जनाइएको छ।





