Sunday, November 1, 2026

कलैयामा आज बिहान ११ बजे देखि विद्युत अवरुद्ध हुने

Advertisement
Advertisement

बारा, १५ कात्तिक । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले कलैया उपमहानगरपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहने जनाएको छ।

वितरण केन्द्रका अनुसार कलैया उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा नयाँ स्विच जडान गर्ने तथा कलैया सब स्टेसनमा आवश्यक मर्मत सुधारको काम गर्नेगरी विद्युत सेवा बन्द गरिने भएको हो।

उक्त मर्मत तथा जडान कार्यका लागि आज कात्तिक १५ गते दिनको ११ बजेदेखि नगरपालिका फिडर र रामपुर फिडर अन्तर्गतको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहनेछ।

यसै कारण वितरण केन्द्रबाट प्रवाह हुने समग्र विद्युत सेवा समेत प्रभावित र अनियमित हुन सक्ने प्राधिकरणले जनाएको छ। तोकिएको समयमा मर्मत कार्य सम्पन्न गरी यथाशीघ्र विद्युत सेवा सुचारु हुने कलैया वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर