बारा, १८ कात्तिक । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको स्थानमा केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। नव नियुक्त आईजीपी केसी र पूर्वआईजीपी कार्की दुवै एकै ब्याचका अधिकारी हुन्।
सरकारले हालका प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयसमेत गरेको छ।





