Wednesday, November 4, 2026

सुवर्णको नेपाल राष्ट्रिय मावि कवही जगातलाई निःशुल्क वेबसाइट हस्तान्तरण

Advertisement
Advertisement

बारा,१८ कात्तिक । बाराको सुवर्ण गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कवही जगातलाई निःशुल्क आधुनिक वेबसाइट हस्तान्तरण गरिएको छ।

सुवर्ण गाउँपालिकाका युवा नेता इन्जिनियर सुनिल यादवको विशेष पहल र सहयोगमा निर्माण गरिएको उक्त वेबसाइट विद्यालयका प्रधानाध्यापक सरोज कुमार सिंहलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

विद्यालयको सेवा प्रवाहलाई आधुनिक, सहज र पारदर्शी बनाउने उद्देश्यले निर्माण गरिएको वेबसाइटमार्फत आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूले घरमै बसेर अनलाइन माध्यमबाटै भर्ना गर्न सक्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी वेबसाइटमार्फत विद्यालयका सूचना, शैक्षिक गतिविधि, महत्त्वपूर्ण जानकारी तथा अन्य आवश्यक विवरण सार्वजनिक गरिने विद्यालयले जनाएको छ। यसले विद्यार्थी तथा अभिभावकलाई विद्यालयका गतिविधिबारे सहज रूपमा जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वेबसाइट हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोज कुमार सिंहले विद्यालयलाई डिजिटल प्रविधिसँग जोड्ने यो पहल महत्त्वपूर्ण र स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले निःशुल्क वेबसाइट उपलब्ध गराएकोमा इन्जिनियर सुनिल यादवप्रति विद्यालय परिवारका तर्फबाट आभार व्यक्त गर्दै आगामी शैक्षिक सत्रदेखि अनलाइन भर्ना प्रणाली सञ्चालन गर्ने जानकारी दिनुभयो।

युवा नेता इन्जिनियर यादवले सुवर्ण गाउँपालिकाको शैक्षिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्नु आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थी तथा अभिभावकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वेबसाइट निर्माणमा सहयोग गरेको बताउनुभयो।

शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित गरिएको यस पहलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल प्रविधिको पहुँचमा पुर्‍याउनुका साथै विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुवर्ण गाउँपालिकाको एक विद्यालयबाट सुरु भएको यो प्रयासले अन्य विद्यालयलाई समेत डिजिटल प्रविधिको प्रयोगतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर