Sunday, July 19, 2026

जबर्जस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ

बारा,२६ माघ। सिरहामा जबर्जस्ती करणी मुद्दामा एक जना कर्मचारी पक्राउ परेका छ्न ।

नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रमा कार्यरत एक जना कर्मचारी जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका हुन।

पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी साइबर ब्युरो काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर