Thursday, September 3, 2026

सवारी ज्यान मुद्दामा १६ बर्ष देखि फरार २ जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया,२९ माघ । सवारी ज्यान मुद्दामा विगत १६ बर्ष देखि फरार रहेका २ जनालाई पर्ससा प्रहरीले पक्राउ गरेको छ ।

२०६४ साल बैशाख १४ गते ना. १ ह ९०७ नम्बरको टेम्पोको ठक्करबाट राजेन्द्र साह सोनारको मृत्यु भएको थियोे।

उक्त टेम्पो सवारी पर्साको वीरगन्ज महानगरपालिका वडा नं १७ निवासी ६५ वर्षिय छठु साह तेलीको रहेका थिए ।

घटनामा वारदात पश्चात फरार रहेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीलेआइतबार निजको घरबाट पक्राउ गरेको हो ।

यस्तै बि.स. २०६४ कार्तिक ३ गते ना ३ प ९७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट होरिल राउत कुर्मीको मृत्यु भएको थियोे। भने मोटरसाइकल चालक चन्दु राउत कुर्मी फरार भएका थिए।

घटनामा वारदात पश्चात फरार रहेका ४० वर्षिय कुर्मीलाई प्रहरीले सोमबार वीरगन्ज महानगरपालिका वडा नं.२५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

पक्राउ परेका दुबै जनालाई सवारी ज्यान कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन र ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर