Thursday, September 3, 2026

बारा : प्रहरीले नगदसहित नियन्त्रणमा लिएको ३ भारतीय अनुसन्धानपछि रिहा

Advertisement
Advertisement Advertisement

बारा,२९ माघ । बारा प्रहरीले रकम सहित नियन्त्रणमा लिएका तीन जनालाई अनुसन्धान पछि छाडेको जनाएको छ।

विशेष सूचनाको आधारमा शनिबार प्रहरी चौकी पथलैया बाराबाट पथलैया चौक स्थित खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको थियो। नारायणघाट बाट बीरगंज तर्फ आउँदै गरेको ना ५ ख ६५४४ नं. को यात्रु बाहक बसलाई रोकि जाँच गर्दा प्रहरीले उनीहरुबाट १० लाख १७ हजार ५ सय नेपाली रुपैयाँ र एक लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेका तीन जनासहित २०/२५ जनाको समूहमा आबद्ध ब्यक्तिहरू सुदुरपश्चिमका बिभिन्न जिल्लाहरूमा आफ्नो ट्याक्टर लिइ गाउँ गाउँ घुमि सिरक,डस्ना, गद्दा लगायतका कपडाको समानहरु बनाउने बेच्ने र आर्थिक उपार्जन गरी घर पठाउने गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

समूहको जो कोही घर गएमा सबैजनाको कमाई एकासँगोल गरी घर लिई जाने र बाँडफाड गर्ने गरेको भन्ने देखिएको प्रहरीले जनाएको हो। विश्वास गर्नुपर्ने कारण तथा प्रमाणहरू समेत देखिए पश्चात छानबिन तथा अनुसन्धान गरी आवश्यक परेमा उपस्थित हुने गरी सम्बन्धित ब्यक्तिलाई रकम जिम्मा लगाई छोडिएको सापकोटाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर