Monday, October 5, 2026

कलैयामा ३० औं जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिताको आयोजना

Advertisement
Advertisement

कलैया, ०३ फाल्गुन। ३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता शनिबार उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा आयोजना गरिएको छ।

उक्त खेलको उद्घाटन अखिल नेपाल खेलकुद महासंघका नगरकमिटी अध्यक्ष रियाजुल इस्लामको अध्यक्षता तथा अखिल नेपाल खेलकुद महासंघका मधेश प्रदेश संयोजक मुकेश साहको प्रमुख गरिएको हो।

उक्त कार्यक्रममा बारा उद्योग बाणिज्य संघका महा सचिव रामअषिस साह, नेकपा माओवादी केन्द्र कलैया उप-महानगरपालिका उपाध्यक्ष आबिद अंसारी, अधिवक्ता मुकुन्द बाबू चौधरी, निर्णायक मण्डल प्रेम कुमार उपाध्याय, संदिप कुमार गुप्ता, स्वास्थ्यकर्मी मनोज साह लगायतकाहरुको सहभागिता रहेकोे थियो।

कार्यक्रमको सञ्चालन एवम् उद्घोषण सञ्चारकर्मी रमेश साहले गरेका थिए। प्रतियोगितामा बिजयी हुने प्रतियोगिलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर