Monday, September 28, 2026

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारी बर्खास्त

Advertisement
Advertisement

काठमाडौं, ६ फागुन । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ।

केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई  बर्खास्त गरेको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको छ। क्याम्पस कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरेको छ । नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर