Monday, September 28, 2026

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ रणनीति,मटिअर्वामा नाकामा विशेष निगरानी बढाइनेः डीआईजी भट्ट

Advertisement
Advertisement

बारा, १२ असोज । बाराको खुला सीमा क्षेत्रबाट हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार तथा सीमा अपराध नियन्त्रण चुनौतीपूर्ण रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति (डीआईजी) विष्णु भट्टले बताएका छन्।

कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणमा आइतबार आयोजित अन्तरक्रियामा उनले करिब ६० किलोमिटर खुला सीमा रहेको बारामा मटिअर्वा नाका लागूऔषध ओसारपसारका दृष्टिले बढी संवेदनशील देखिएको बताए।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाउने, सीसीटीभी व्यवस्थापन गर्ने तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय प्रभावकारी बनाउने उनले बताए। सीमा सुरक्षामा नागरिक, व्यवसायी, सञ्चारकर्मी र राजनीतिक दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीले अनियमितता गरेको प्रमाण भेटिए कारबाही गरिने बताउँदै भट्टले त्यस्ता गतिविधिबारे प्रमाणसहित सूचना दिन आग्रह गरे।

अन्तरक्रियामा सहभागी व्यवसायी तथा सरोकारवालाले सीमावर्ती क्षेत्रबाट भारतीय सामाना भित्रिँदा स्थानीय व्यापारमा परेको प्रभाव, सीमा सुरक्षा र व्यापार सहजीकरणका विषय उठाएका थिए। भट्टले सीमा सुरक्षासँगै विपद्का समयमा उद्धारका लागि सशस्त्र प्रहरीको क्षमता बढाइएको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर