बारा, ७ फागुन। आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।