Wednesday, September 9, 2026

मटिअर्वा देखी निलकण्ठवा हुँदै वीरगन्ज जाने बाटोको शिलान्यास

Advertisement
Advertisement Advertisement

कलैया, ०९ फाल्गुन। मानवत मटिअर्वा- कलैया बाटोको वडा नं १० देखि निलकण्ठवा हुँदै वीरगन्ज जाने बाटोको निर्माण कार्यका लागि शिलान्यास गरिएको छ।

उक्त बाटोको शिलान्यास बारा जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ज्वाला कुमारी साहले गरेकी हुन्।

१ सय ६५ मिटरको बाटोमा नाला पनि संगसगै निर्माण गरिने छ। यस्तै उक्त बाटो निर्माणको लागि निर्माताले एक महिनाको समय लिएको कलैया उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष महमद साबिरले जानकारी दिए।

शिलान्यास गरिएको बाटो फेटा गाउँपालिका जोड्ने सिमानासम्म निर्माण गरिने छ। सोबाटो जोतपुर, फुलवरिया, ईटियाही, नगवा हुदै वीरगन्ज सम्म जाने छ। शिलान्यास कार्यक्रममा वडा अध्यक्ष महमद साबिर संगै वडा सदस्य कमोदी पासवान, कृष्ण भगवान महतो कोइरी र एमाले नेता कपिलदेव साह कानुको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर