27.6 C
Kalaiya

Friday, July 11, 2025
27.6 C
Kalaiya
Friday, July 11, 2025

spot_img

बारामा मध्यरातमा आगलागी: ७ लाखभन्दा बढीको क्षति

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०९ फाल्गुन। बाराको महागढीमाई नगरपालिका वडा नं ६ बबुआईनमा मध्यरातमा एउटा पसलमा आगलागी हुँदा लाखौंको क्षति भएकाे छ।

Advertisement
Advertisement

बिहीबार राति करिब सवा १ बजे चौधरी ऋषभ जेनेरल स्टोरमा आगलागी हुँदा अन्दाजी ७ लाख रुपैयाँ बराबरको क्षति भएकाे स्टोरका संचालक निरंजन चौधरीले बारा अपडेटलाई जानकारी दिए।

Advertisement
Advertisement

उक्त पसलमा आगलागीबाट २ वटा कम्प्युटर, एउटा ल्यापटप, ३ वटा प्रिन्टर, एमटु २ वटा, नामलेसन गर्ने मेसिन एउटा, ठुलो स्पिकर २ वटा, पंखा एउटा, मोबाइल पार्ट्सहरु चार्जर, ब्याट्री, डाटा केबल, फर्निचर आदी समानहरु पुर्ण रुपमा जलेर ७ लाखभन्दा बढीको क्षति भएको संचालक चौधरीले बताए।

आगलागी भएको घरमा सटर हुँदा आगो निभाउन बाध्यता भएपछि स्थानीयबासीले देवाल फोडेर आगलागी नियन्त्रणमा लिएका थिए। आगो निभाउन महागढीमाई नगरपालिकाको बारुणयन्त्र (दमकल) पनि पुगेको थियो। आगलागीको कारण भने सर्ट सर्किट बताइदै छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर