Sunday, July 19, 2026

साढे तिन हजार रुपैयाँको लागि आफ्नै साथीको हत्या गर्ने तीनजना साथीहरु पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले तीन हजार पाँच सय रुपैयाँको लागि आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको क्रममा मृतक व्यक्तिले ३५०० रुपैयाँ जितेपछि जसरी पनि आफ्नो रुपैयाँ चाहिन्छ भनेर मागेपछि त्यहि रिसमा आफ्नै साथीको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं २७ उदयपुर घुर्मी बस्ने १९ वर्षिय मुकेश प्रसाद यादव, १९ वर्षिय अरुण कुमार यादव र १९ वर्षिय मुना तिवारी रहेका छन्। घटनाको मुख्य आरोपी मुकेश प्रसाद यादवले पैसाको विवादका कारण मृतक कुर्मीलाई रुखमा लडाएर हत्या गरेका थिए।

हत्या गर्नु भन्दा अगाडी मुकेशले साउथ इन्डियन चलचित्र ‘मार्को’ चलचित्र हेरेर गएका थिए । र उनलाई खलनायकको भूमिका राम्रो लाग्ने अनि त्यसै चलचित्र जस्तै हत्या गरेको बताएका थिए।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं २८ जगरनाथपुर ढाठभन्दा करिब ५०० मिटर पश्चिमतिर भेडैया खोलामा वीरगन्ज २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा १९ वर्षिय इशाल प्रसाद कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा फाल्गुन ११ गते फेला परेको थियो।

घटना स्थलबाट प्रहरीले मृतकको पर्स, साईकल, भिभो मोबाइल र टेम्पर ग्लास बरामद गरेको थियो। पक्राउ परेका माथि ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्राले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर