Sunday, July 19, 2026

७६ किलो गाँजासहित २ जना पटेर्वा सुगौलीबाट पक्राउ

वीरगन्ज, १५ फागुन। ठुलो मात्रामा अबैध लागुऔषध गाँजासहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ जितपुर स्थित सडक खण्डमा आउदै गरेको पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा एकजना व्यक्तिले दुबै हातमा कालो प्लास्टिक भित्र २३-२३ किलो अबैध लागुऔषध गाँजाको पोका गरी ४६ किलो गाँजा बरामद गरेको थियो।

यस्तै नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज भित्र पुरानो भाठा मन्दिरबाट शिकारी बासस्थान तर्फ आउदै गरेको पैदल यात्रीले बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा ३० किलो अबैध लागुऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ३ भथौरा बस्ने १९ वर्षिय अर्जुन महतो र पटेर्वा सुगौली गाउँपालिका वडा नं १ गदियानी बस्ने ३० वर्षिय असलम अंसारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक गौतम मिश्राले जानकारी दिनुभयो।

पक्राउ परेका दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको प्रमुख मिश्राले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर