22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

एसईई परीक्षामा झण्डै ८९ हजार विद्यार्थीहरुको लागि १२ हजारभन्दा बढी कर्मचारी खटाइने

spot_img
spot_img

माध्यमिक शिक्षा परीक्षा एसईईमा मधेस प्रदेशका झण्डै ८९ हजार विद्यार्थीहरुको लागि १२ हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ।

आउँदो चैत ७ गतेदेखि मधेस प्रदेशका ८ वटा जिल्लाहरूबाट यस वर्ष प्राविधिक तथा साधारण गरी नियमित र ग्रेड वृद्धितर्फ गरी कुल ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुने भएका छन् भने त्यसको लागि १२ हजार २ सय ४२ जना कर्मचारी खटाइने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ।

यस वर्षको एसईई परीक्षामा १ हजार २ सय ३१ विद्यालयबाट विद्यार्थीहरु सहभागी हुने छन्। जसको लागि प्रत्येक जिल्लामा गरी ३ सय १२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्रत्येक परीक्षा केन्द्रमा एक-एक जना गरी ३ सय १२ जना केन्द्राध्यक्ष र ४ सय ५९ जना सहायक केन्द्राध्यक्ष खटाइने छ।

प्रदेशभर ४ हजार ३ सय ७० जना निरिक्षक, ७ सय ५५ जना सहायक निरीक्षक र १ हजार ६ सय ६६ जना कार्यालय सहयोगी खटाइने छ। परीक्षा केन्द्रलाई सुरक्षित र मर्यादित बनाउन ४ हजार ७ सय ८० जना सुरक्षाकर्मी खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर