नक्सा सुधार गर्न ३५ हजार घुससहित मालपोतका खरिदार र लेखन्दास पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवन महतो रहेका छन् । दुबै जनालाई जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार बर्दिवासको टोलिले पक्राउ गरेको हो ।
दुबै जनालाई घुस रकम पैतिस हजार सहित मालपोत कार्यालयबाट नै पक्राउ गरिएको अख्तियारका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।दुबै जनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।