बारा,२९ फागुन । बारामा विद्युत सर्ट भइ एक घरमा आगलागी भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा एक घरमा आगलागी भएको हो ।
वडा कार्यालय नजिकै पर्सा टोलमा जगतनारायण पण्डितको घरमा आगलागी भएको वडा अध्यक्ष राम विस्वास ठाकुरले बारा अपडेटलाई बताए । उनका अनुसार पण्डितको घरको लाइन सर्ट हुँदा करिब १० लाखको क्षति भएको हो ।
वडा अध्यक्षका अनुसार आगलागी बाट माटो बाट बनाइएको भाडा नष्ट भएको छ त्यस्तै मोटरसाइकल , माटोको भाडा बनाउने मेशिन , कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, लगायतका सामग्री जलेर नष्ट भएको हो ।
स्थानीय र कलैया उपमहानगरको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।