Sunday, July 19, 2026

बाराबाट एसईई परीक्षामा साढे ९ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुदै,‌ सुरक्षाको लागि ६ सयबढी प्रहरी खटाइने

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईमा बारा जिल्लाबाट साढे ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन्।

आउँदो चैत ७ गतेदेखि शुरु हुने कक्षा १० को वार्षिक परीक्षामा बारा जिल्लाबाट ९ हजार ६ सय ८६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाराका इकाइ प्रमुख हेमराज खतिवडाले जानकारी दिनुभयो।

जिल्लाभरमा साधारण तथा प्राविधिक तर्फको नियमित तथा ग्रेड वृद्धि परीक्षाको लागि ४२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ४२ वटा परीक्षा केन्द्रमा १ सय ५२ वटा विद्यालयको विद्यार्थीहरु एसईई परीक्षा दिने प्रमुख खतिवडाले बारा अपडेटलाई बताउनुभयो।

प्रत्येक परीक्षा केन्द्रमा ४२ जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ४ सय ८४ जना निरिक्षक, ८१ जना परीक्षा सहायक, १ सय ७४ जना कार्यालय सहयोगी र ६ सय ३० जना प्रहरी गरी जम्मा १ हजार ४ सय ६९ जना कर्मचारी परिचालन गरिने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर